Sacho Khabar

Day: २०८१ भाद्र १२, बुधबार

U 20 साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई , फाइनलमा नेपाल ४-१  गोल अन्तरले पराजित

U 20 साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई , फाइनलमा नेपाल ४-१ गोल अन्तरले पराजित

  काठमाडौँ ।। घरेलु टोली नेपाललाई पराजित गर्दै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए । नेपालका लागि एक गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका हुन् ।…
Read More

धरानमा खुकुरी प्रहारबाट एकको मृत्यु ,एक घाइते।

  धरान भाद्र १२।। सुनसरीको धरानमा खुकुरी प्रहार गरेर एकजनाको हत्या भएको छ। हत्याआरोपमा एक जना पक्राउ परेका छन् ।धरान २ कि ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताउनुभयो । खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित…
Read More

अमेरिकामा एक नेपाली युवतिको गोली हानी हत्या

  एजेसी।। अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्। केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको…
Read More
डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

  इलाम । डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पुर्याइएको थियो । तर, प्लेटलेटको सङ्ख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।
Read More