Sacho Khabar

Day: २०८१ भाद्र १४, शुक्रबार

विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

  इलाम ।। बिर्तामोड स्टडी पार्क इलाम शाखाले वैदेशिक अध्ययनमा विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एकदिने नि:शुल्क सेमिनार सञ्चालन गरेको छ । उक्त सेमिनारको सहजीकरण श्रुति पराजुलीले गरेकी थिइन् । सेमिनारमा युके अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशहरुमा जान नेपालीहरुले केके कुराहरु अपनाउने, के कस्तो डकुमेन्ट, कलेजको कुन-कुन सेक्टरमा अध्ययन गर्न पाइन्छ लगायतका विषयमा प्रशिक्षण गराइएको बिर्तामोड स्टडी पार्क इलाम शाखा प्रमुख दिलिप पौडेलले जानकारी दिए । बिर्तामोड स्टडी पार्क इलाम शाखाले पछिल्लो समय आयल्स र जापानका कक्षाहरु सञ्चालन गर्दै आएको छ । बिर्तामोड स्टडी पार्कले बिर्तामोडमा मुख्य कार्यालय रहेर फिक्कल, इलाम र भद्रपुरबाट आफनो सेवा दिइरहेको छ । पार्कले…
Read More
तीन घण्टाको फरकमा दुई छिमेकीले गरे झुण्डिएर आत्महत्या

तीन घण्टाको फरकमा दुई छिमेकीले गरे झुण्डिएर आत्महत्या

  अर्जुनधारा भाद्र १४।। झापाको अर्जुनधारामा एक युवतीले आत्महत्या गरेको केही समय पछि छिमेकी पुरुषले  पनि आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधारा नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । उनले घरको पूजा कोठामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको…
Read More
कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी केन्द्र

कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी केन्द्र

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेको थियो, तर समर्थन फिर्ता लिएको छैन । ‘आज दलको बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बोले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’ नेकपा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै…
Read More
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा

  अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अदालतको दस्तावेजमा उल्लेख भएअनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो । घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ । यसैबीच, बबीमाथि हत्याको आरोपका साथै गैरकानूनी रूपमा हतियार राखेको अभियोगमा समेत मुद्दा दर्ता भएको छ । २६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक–पटक जेल परेको खुलेको छ ।
Read More
पाँचथर विस्फोट अपडेट : विस्फोटमा परि घाइते दुई बालबालिकाको मृत्यु

पाँचथर विस्फोट अपडेट : विस्फोटमा परि घाइते दुई बालबालिकाको मृत्यु

    पाँचथर —पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा…
Read More