अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।
अदालतको दस्तावेजमा उल्लेख भएअनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो । घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ । यसैबीच, बबीमाथि हत्याको आरोपका साथै गैरकानूनी रूपमा हतियार राखेको अभियोगमा समेत मुद्दा दर्ता भएको छ । २६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक–पटक जेल परेको खुलेको छ ।