झापा। भाद्र २८। नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो । कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व.पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक…

बिर्तामोड ।। झापाको बिर्तामोडस्थित महानन्द चोकमा अपरिचित एक युवाको छुरा प्रहार बाट एक युवतीको मृत्यु भएको छ । आहिले साँझ भएको घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । अपरिचित युवाले उनलाई पक्रिएर लगातार घाँटी छाती र पेटमा छुरा प्रहार गरेका थिए । घटनापछि ती युवा घटनास्थलबाट भागेका थिए। उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ती युवा युवती कहाँका हुन् ,? हालसम्म सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाको कारण पनि थाहा हुन नसकेको जनाएको छ ।

बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो । बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय झापाका…

पोखरा ।। बागलुङमा आज शुक्रबार बिहान भएको सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोट नगरपालिका–२ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ…

बिर्तामोड ।। झापाको शिवसताक्षी नगरपालिकामा भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको थियो । शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए । उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने…

बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ…