भद्रपुर भाद्र ३० ।। कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेका छन। आइतवार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक…