Sacho Khabar

Day: २०८१ आश्विन २, बुधबार

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

  बिर्तामोड, २ असोज : बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक एक जना गरि ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व…
Read More
अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

  पौवा सारताप ।। पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकमा नगदेबाली अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य खेति  छाडेर यहाँका अधिकांश किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका छन् । फाल्गुनन्द गाउँपालिकाका सातवटै वडा नवमीडाँडा , ईम्बुङ, पौवासारताप, चिलिङदिन   फाक्तेप,आङसराङमा व्यावसायिक खुर्सानी खेती भइरहेको छ।  यहाँ उत्पादित अकबरे खुर्सानी स्थानीय बजार घुर्बीसे पञ्चमी, राके र फिदिम लगायतका  स्थानीय  बजारहरूमा बिक्री हुने गर्दछन् खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । पालिकामा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा मात्र खपत हुँदैन । यसको माग भारतीय बजार देखि झापा बिर्तामोड र काठमाडौँसम्म पनि उत्तिकै छ । अकबरेको…
Read More
परियार र पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार

परियार र पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार

  बिर्तामोड असोज २।। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो  १४ औँ वार्षिक साधारणसभाकाे अवसरमा  झापाका दुई जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । बुधबार बिर्तामोडमा आयाेजित  वार्षिक साधारणसभा कार्यक्रममा उनीहरूलाई नगद सहित  पुरस्कृत गरिएको हो । इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पाैडेललाई उत्कृष्ट सञ्चारकर्मीका रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ । पुरस्कृत पत्रकारहरूलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई र संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।
Read More
आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

  बिर्तामोड। असोज २।। आजबाट सोह्र श्राद्ध  सुरु भएको छ । बुधबार आज प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैँन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृ पक्षका रूपमा मनाउँछन् । यो बेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार…
Read More