बिर्तामोड असोज २।। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १४ औँ वार्षिक साधारणसभाकाे अवसरमा झापाका दुई जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । बुधबार बिर्तामोडमा आयाेजित वार्षिक साधारणसभा कार्यक्रममा उनीहरूलाई नगद सहित पुरस्कृत गरिएको हो ।
इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पाैडेललाई उत्कृष्ट सञ्चारकर्मीका रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।