बिर्तामोड, असोज ५ ।। टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र…

यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो । समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ…

झापा ।। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ झापामा लामो समय देखि सञ्चारकर्मी बिच खेल नभएको अवस्थामा प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड वडादशैँको पावन अवसर पारेर सम्पूर्ण झापाली सञ्चारकर्मीलाई एउटै मैदानमा उपस्थित गराई जिल्ला स्तरीय फुटबल प्रतियोगिता मिडिया कप (प्रेस क्लब स्तरीय) २०८१ गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा झापाका ७ वटा प्रेस क्लबका टिम सहभागी रहनेछन् । मिडिया कपको प्रथम पुरस्कारको रुपमा ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु २५ हजार त्यस्तै उपविजेता टिमले पनि ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार रहेको बताइएको…