Sacho Khabar

Day: २०८१ आश्विन ७, सोमबार

श्रीलङ्कालाई ४-० गोल अन्तरले हराउँदै नेपाल विजयी

श्रीलङ्कालाई ४-० गोल अन्तरले हराउँदै नेपाल विजयी

  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अंक जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो…
Read More
अभिभावक नभएको  समयमा ताप्लेजुङको एक घरमा आगलागी

अभिभावक नभएको समयमा ताप्लेजुङको एक घरमा आगलागी

ताप्लेजुङमा गए राति एक घर आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ। जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा भएको आगलागीबाट ५ लाख मूल्य बराबरको क्षति भएको हो। ताप्लेजुङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र बाँससहितले बनेको एकतले घरमा आगलागी भएको हो। घरका अभिभावक नभएको र बच्चाहरू मात्र रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जानकारी प्राप्त भएको समेत प्रहरीले बताएको छ।
Read More