बिर्तामोड असोज२८ ।। झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसतासी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।…

अर्जुनधारा असोज २८।। अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो । चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए।