अर्जुनधारा असोज २८।। अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्
झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो ।
चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए।