Sacho Khabar

Day: २०८१ कार्तिक ९, शुक्रबार

बिर्तामोडको हिकोला रोडलाई एकतर्फी बाटो बनाइने, पार्किङमा आलोपालो प्रणाली

बिर्तामोडको हिकोला रोडलाई एकतर्फी बाटो बनाइने, पार्किङमा आलोपालो प्रणाली

  बिर्तामोड कार्तिक ८ ।।  यातायातका साधन हरूको चाप बढेसँगै अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाइने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि सडक एकतर्फी बनाइने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए । निर्णयअनुसार अति नै व्यस्त तथा सधैँ जाम हुने काँकरभिट्टा रोडबाट हिकोला रोड हुँदै कृषिथोक रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न निर्णय गरेको छ। त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे सवारी साधन मात्र पार्किङ गर्न पाइने भएको छ । त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड…
Read More
समुद्री आँधी ‘दाना’ को प्रभाव, पूर्वी नेपालमा हावा र हल्का वर्षा को संभावना

समुद्री आँधी ‘दाना’ को प्रभाव, पूर्वी नेपालमा हावा र हल्का वर्षा को संभावना

  झापा  ।।  बङ्गालको खाडी बाट उत्पन्न समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको  छ। जसले गर्दा पूर्वी नेपालमा हावा चल्नु का साथै हल्का वर्षा सुरु भएको  जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुद्री आँधी ‘दाना’को प्रभावका कारण कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए। ‘समुद्री आँधी दानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ’, उनले भने।
Read More