Sacho Khabar

Day: २०८१ कार्तिक १०, शनिबार

झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि

झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि

  झापा कार्तिक १० ।।मोरङको  बेलबारीमा आयोजित सातौं संस्करणको आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा  सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफीमा चित्त बुझाएको छ  । निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११  ले बाजी मारेको हो । झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र…
Read More
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

  बिर्तामोड कार्तिक १० ।।  पहिलो संस्करणमै राम्रो ख्याति कमाउन सफल  भद्रपुर झापा गोल्डकपको  दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ । २०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए । झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा…
Read More
करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

  बिर्तामोड कार्तिक१० ।। झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी लाई सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले…
Read More