काठमाडौं ।। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमवाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ। नेपाल र भारतबीचको सेमिफाइनल खेलमा एन्फासँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो। माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले…

एकराज प्रधान बिर्तामोड । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार चलचित्र ‘१२ गाउँ’ हेरिरहेका दर्शकहरु सरप्राइज भएका छन् । फिल्म हेरिरहेका दर्शक अचानक पर्दाका कलाकारहरुको रियल इन्ट्री भएपछि सरप्राइज भएका हुन् । ‘१२ गाउँ’का अभिनेता विराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतको निर्माण टिम दर्शकहरुमाझ पुगेका थिए । दर्शकहरुमाझ नजिकिँदै गरेको तिहारको शुभकामना दिँदै चलचित्रका निर्देशक समेत रहेका विराजले चलचित्र सफल बनाइदिनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले दर्शकहरुमाझ फिल्मको लोकप्रिय डायलग ‘चट्टै होइन, चैट चैट चैट’ लाइभ प्रस्तुत गर्दा दर्शक उत्साहित भएका थिए । दर्शकले भने ‘समीर भट्ट खोइ, छोरा चाहियो छोरा’ भन्दै हुटिङ लगाएका थिए ।…