झापा मंसिर । झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ । मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ। मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ। वृद्धाको हत्यापछि चोरी…

कैलाली : कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय…

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९ बजेबाट सुरू हुनेछ। दोस्रो खेल १ बजेबाट सुरू हुनेछ। जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। तर नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ। तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा…