बिर्तामोड मंसिर २४ ।। आफ्नै घरमा काम गर्न राखिएकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका – ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटकपटक करणी गरेको आरोप शिवाकोटीमाथि लागेको छ । बालिकाको जाहेरीपछि प्रहरीले आज शिवाकोटीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन । आमा भारतमा छन् । आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक…

बिर्तामोड मङ्सिर २४ ।। मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको छ । आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् । उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थाई प्रहरी चौकी मंगलबारेमा जानकारी गराएकी थिइन् । नवजात शिशुलाई त्यस वडाका…

इलाम मङ्सिर २४।।रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगू रुख काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि तत्काल झापाको बिएनसी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए । जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।

बिर्तामोड मंसिर २४ ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका…