काठमाडौं ।। राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो । एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप…

इलाम ।। रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले जितेको छ । ‘प्रथम इलाम गोल्डकप’को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधि पनि हात पारेको हो । शनिबार भएको फाइनलमा एनआरटीले लिग विजेता चर्च ब्याइजलाई ३-० गोलअन्तरले पराजित गरेको हो । एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो । उपाधिसँगै एनआरटीले १० लाख पुस्कार हात पारेको छ । उपविजेता चर्च ब्याइजले रु पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद…

झापा मंसिर २९।। यात्रुवाहक बसले नियन्त्रण गुमाउँदा झापाको कमल गाउँपालिका स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको छ। यात्रुवाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका-५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो । दुर्घटनामा…

बिर्तामोड मङ्सिर २९ ।। झापा कप २०८१ को भव्य शुभाराम्भ भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले झापा कप स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्न नसकेको बताए । उनले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे । उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको सुनाए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली कांग्रेसका सभापति देउमान थेवे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्यता रहेको थियो । बिर्तामोडका फुटबल…

बिर्तामोड मंसिर २९।। नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुन: निर्वाचित भएका छन्। अध्यक्षका अन्य प्रत्याशीहरू डिकेश लामा राजेन्द्र गौतम र टिकाराम नेपाल नीतिलाई पराजित गर्दै गिरी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा शर्मा, कोषाध्यक्षमा मुक्ति पौडेल सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका हुन् । खुला सहसचिवमा रमेश तिवारी , समावेशी सहसचिवमा तिलक योञ्जन निर्वाचित भएका छन् त्यस्तै महासङ्घको कार्यसमिति सदस्यहरूमा भूमिका सुब्बा ,सन्तोष शर्मा, मन कुमार गदाल इन्द्रकुमार राई , अस्मिता साँखी , इशा प्रधान स्वस्तिका आचार्य , विनोद पाण्डे, सुदीप अधिकारी द्रोण…