Sacho Khabar

Day: २०८१ पुष १, सोमबार

आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

बिर्तामोड, पुस १ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो…
Read More
झापा कपको सेमिफाइनल प्रवेशकालागि आज आर्मी र सहलेश खेल्दै

झापा कपको सेमिफाइनल प्रवेशकालागि आज आर्मी र सहलेश खेल्दै

बिर्तामोड, पुस १ । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टर फाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो । त्यस्तै, बैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सहलेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो । आर्मीले यो सिजन खराब प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भीमनारायण गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको आर्मी भोजपुर गोल्डकपमा उपविजेतामा सीमित रहेको थियो । त्यस्तै, ताप्लेजुङ गोल्डकपमा क्वार्टर फाइनलमै रोकिएको…
Read More
बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

  बिर्तामोड, ३० मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गर्नु भयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो ।…
Read More