Sacho Khabar

Day: २०८१ पुष ४, बिहीबार

अञ्जन बिष्टको ह्याट्रिकमा फराकिलो जितसहित एआरटी सेमिफाइनलमा

अञ्जन बिष्टको ह्याट्रिकमा फराकिलो जितसहित एआरटी सेमिफाइनलमा

  बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।…
Read More
दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

  झापा ।।  झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत भेटिएका हुन् । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ ।   घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।   बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । होटलको सञ्चालक निर्मला केसी हुन् ।
Read More