बिर्तामोड, पुस ६ । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए…

बिर्तामोड पुस ६ ।। नेपाल प्रिमियर लिगको उपाधी जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरलाई ५ विकेटले हराउँदै जित हात पारेको हो। १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए। कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए। हर्ष थाकर ३० र मयन यादव २ रनमा अविजित रहे। जनकपुरले पावरप्लेमा जनकपुरले विना विकेट ७१ रन बनाएको थियो। सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक एक विकेट लिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ…