बिर्तामोड, पुस ८ । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले…

झापा पुस ०८ ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए । प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।