Sacho Khabar

Day: २०८१ पुष १४, आईतवार

इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर  महिलाले गरिन्आत्महत्या

इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर महिलाले गरिन्आत्महत्या

  बिर्तामोड पुस १४ । इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एकजना महिलाले आत्महत्या गरेकी छन् । इलाम माई नगरपालिका वडा नं २ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले  आज बिहान ११ बजे ब्लेडले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् । ब्लेडले घाँटी रेटेर घाइते अवस्थामा रहेकी उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दैगर्दा घरमा नै उनको मृत्यु भएको स्थानियले जनाएका छन । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जण्डिसको बिरामी थिइन । दिउँसो ३ः५० बजे प्रहरी चौकी दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी…
Read More
विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुग्यो

विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुग्यो

  दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन तर…
Read More
बिर्तामोड ६ सुगम शान्ति टोलमा  सडक स्तरोन्नति कार्य धमाघम

बिर्तामोड ६ सुगम शान्ति टोलमा सडक स्तरोन्नति कार्य धमाघम

  बिर्तामोड, १३ पुस : बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाघम भईरहेको छ । नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो । सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी…
Read More
दक्षिण कोरियामा विमान दुर्घटना  २८ जनाको मृत्यु  

दक्षिण कोरियामा विमान दुर्घटना २८ जनाको मृत्यु  

  एजेन्सी ।।    दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा भएको हो। बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए। विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको हो। योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटना भएको थियो।
Read More