Sacho Khabar

विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुग्यो

Advertisement

 

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुगेको छ ।

एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ ।

एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याएको हुनसक्ने जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धूवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...