झापा पुस १७ ।। झापाको कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा दाउरा खोज्न जाँदा हात्तीको आक्रमणमा परि घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। आज मध्यान्ह कचनकवल गाउँपलिका ७ दिपज्योति सामुदायिक वनमा घाँस दाउरा काट्न गएका स्थानीय महिला हरुलाई हात्तीले लखेटेको थियो । सोही क्रममा बर्ष ३५ की केलाबत्ती राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् । उनलाई साँझ ४ः४० बजे फेला पारी उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल…

काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’ उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त…

महोत्तरी पुस १७ । परिक्षा विग्रिएको भन्दै तीन किशोरीले एकै साथ विष सेवन गर्दा एक जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ३ किशोरीले परीक्षा बिग्रिएको भन्दै विष सेवन गरेका थिए। विष सेवन गरेमध्ये मध्ये एक जनाको मृत्यु भएको छ। विष सेवन गरेकि सिरहाको धनगढीमाई नगरपालिका–१० की १७ वर्षीय छात्रा रिंकु शर्माको मृत्यु भएको हो। अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बर्दिबास अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो। रिंकुसहित उषा पण्डित र सन्जु यादवलाई मंगलबार करिव पौने १२ बजे बर्दिबास नगरपालिका–४ स्थित जंगल क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो। तीन जना मध्ये उषा…