Sacho Khabar

परिक्षा विग्रिएको भन्दै तीन किशोरीले एकै साथ विष सेवन गर्दा एक जनाको मत्यु

Advertisement

 

महोत्तरी पुस १७ । परिक्षा विग्रिएको भन्दै तीन किशोरीले एकै साथ विष सेवन गर्दा एक जनाको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ३ किशोरीले परीक्षा बिग्रिएको भन्दै विष सेवन गरेका थिए। विष सेवन गरेमध्ये मध्ये एक जनाको मृत्यु भएको छ।

विष सेवन गरेकि  सिरहाको धनगढीमाई नगरपालिका–१० की १७ वर्षीय छात्रा रिंकु शर्माको मृत्यु भएको हो। अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बर्दिबास अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो।

रिंकुसहित उषा पण्डित र सन्जु यादवलाई मंगलबार करिव पौने १२ बजे बर्दिबास नगरपालिका–४ स्थित जंगल क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो। तीन जना मध्ये उषा र सन्जुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

दुवै छात्राको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार विष सेवन गरेका तीनै जना छात्रा जियोमेट्री (अमिन) विषयका प्रथम वर्षका छात्रा हुन।

शिक्षालयले केही दिनअघि लिएको सामान्य परीक्षामा नम्बर कम आएको भन्दै तीनै जनाले विष पिएको हुन सक्ने शिक्षालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...