झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्तर्देशीय राजमार्ग एसियन हाइवेको निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र…

झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन । बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो । वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व…
तेह्रथुमको म्याङ्लुङ –१ मा सकेट बम फेला परेको छ । हिजो दिउँसो ३ बजेतिर म्याङ्लुङ –१ स्थित नेपाल टेलिकम कार्यालयपछाडि सोही ठाउँ बस्ने चन्दप्रसाद जोशीले आफ्नै जग्गामा सरसफाई गर्ने क्रममा सकेटबम फेला परेको हो । नेपाली सेनाको बम डिस्पोजल टिम खटिएर डिस्पोज गर्दा बम डिस्पोज नभएपछि आज पुनः डिस्पोज गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।