Sacho Khabar

ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण

Advertisement

 

झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन ।

बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो ।

वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व जनप्रतिनिधि मातृका निरौला, सामाजिक ब्यक्तित्व निरकुमार सुबेदी, ज्येष्ठ नागरिक बुद्धशान्ति–७ का सस्थापक अध्यक्ष कृष्णलाल निरौला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्य खगेन्द्र गडतौलाले स्वागत गरे भने कार्यक्रमको सञ्चाालन वडा सचिव ममता रिजालले गरेकी थिइन् । कार्यक्रममा अनुपस्थित ज्येष्ठ नागरिकलाई घरैमा पुगेर वडाले कम्बल बितरण गर्ने वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...