बुद्धशान्ति , माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा गौरादह र कचनकवल गाउँपालिका क्वाटर फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले बुद्धशान्तिलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेटको क्ष्यतिमा १७८ रन बनायो । गौरादहलाई जितका लागि सुरज न्यौपाने ५४,अर्जुन यादब ५० रन बनाएका थिए भने बुद्धशान्तिका लागि आदि हाङ फागोले ४०, कप्तान अर्पण कार्किले ३४ र पारस निरौलाले ३२…

बिर्तामोड माघ १४ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि अफर ल्याएको छ। अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य…