Sacho Khabar

Day: २०८१ माघ १७, बिहीबार

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधिको लागि बिर्तामोड र भद्रपुर भिडने

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधिको लागि बिर्तामोड र भद्रपुर भिडने

  बुद्धशान्ति , माघ १७ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका भिडने भएका छन् । आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको बिजेता बिर्तामोड र मेचिनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि भिडन्त तय गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले १०९ रनको सतकिय पारी खेलेका थिए भने याम तिम्सिनाले २८ रन बनाएका थिए। १८० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गर्यो।…
Read More
भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने

भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने

  भद्रपुर, माघ १७ । दोस्रो संस्करणको सौर्य एयर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने ढकालले जानकारी दिए । त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ । यसैबीच, प्रतियोगितामा विभागीयसहित नेपालका छवटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एकएक…
Read More