Sacho Khabar

Day: २०८१ माघ २३, बुधबार

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिटल

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिटल

  भद्रपुर माघ २३ ।। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।   यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ ।     आज भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओम साई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले हस्ताक्षर गरे ।…
Read More
आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

  झापा माघ ।।  आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
Read More