Sacho Khabar

Day: २०८१ माघ २४, बिहीबार

नव ज्योति च्यालेन्ज कपमा प्लानिङ ब्वाइज सेमिफाइनलमा

नव ज्योति च्यालेन्ज कपमा प्लानिङ ब्वाइज सेमिफाइनलमा

  बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० को गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि खेलको पहिलो मिनेटमा राजेश शाहले गोल गरे । त्यस्तै, १७ औँ मिनेटमा प्रताप राई, ५४ औँ मिनेटमा सरोज कार्की र ६५ औँ मिनेटमा अर्जुन राना मगरले गोल गरे । खेल अवधिभर प्लानिङ ब्वाइजले मानेभञ्ज्याङलाई दबाबमा राखेको थियो…
Read More
क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

  झापा । झापामा क्यान्सर रोगी उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०/०८१ मा क्यान्सरका दुई हजार ५ सय ८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले बढेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । झापामा क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग भएको तथ्याङ्क र जानकारी भन्दा पनि धेरै क्यान्सर राोगीहरु भmझापामा रहेको हुन सक्ने सूचना अधिकारी लुइँटेलले बताए । उनले भने– झापामा नाटकीय रुपमा क्यान्सर बढेको छ, पर्याप्त खोज र अनुसन्धान अझै गर्न जरुरी छ । उनले झापाको वास्तविक…
Read More
काठमाडौँको कमलपोखरीमा ग्यास ट्याङ्की विस्फोट १४ जना घाइते।

काठमाडौँको कमलपोखरीमा ग्यास ट्याङ्की विस्फोट १४ जना घाइते।

  काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु पनि सोही पसलका कामदार हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ।
Read More