मङ्गलबारे फागुन ५ ।। सूर्योदय नगरपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सोमबार भएको खेलमा देउमाई नगरपालिकालाई ३- १ गोल अन्तरले पराजित गर्दै सूर्योदय नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा सूर्योदय नगरपालिकाको तर्फबाट जर्सी नम्बर १० का शेखर राईले गोल गर्दै टिमलाईअग्रता दिलाएका थिए । तर दोस्रो हाफको सत्रौँ मिनेटमा देउमाई नगरपालिकाका जर्सी नम्बर ७ का किरण राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए देउमाई नगरपालिकाले गोलको खुसियाली मनाउन नपाउँदै सूर्योदय नगरपालिकाले पुन खेलमा अग्रता लियो सूर्योदय नगरपालिकाका तर्फबाट सुसन कार्कीले…

झापा फागुन ५ ।। मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । यही फागुन ७ गतेदेखि हुने गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन शानदार मैदान बनाइएको छ । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियागिताको तयारीस्वरुप स्वागत गेटहरु निर्माण गरिएको छ । यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु…

विमला चौधरीको निर्णायक गोलसँगै अन्तर्राष्ट्रिय फोर नेसन्स कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरियतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अंक हासिल गरेको छ । नेपालले खेलको दशौं मिनेटमै गोल गरेको थियो । विंगर विमला चौधरीले हेडर गोल गरेकी थिइन् । सविता राना मगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गरेकी थिइन् तर, त्यसपछि फाइनल थर्डमा नेपाल बारम्बार चुकेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफको सुरुमै फ्रान्सबाट स्वदेश फर्किएकी सावित्रा भण्डारीलाई मैदान पठाएका थिए । तरपनि नेपाल फिनिसिङमै चुक्यो…

बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो । कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल…

मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा सिसि क्यामारा जडान गरिदिएका छन् । २०२६ सालमा स्थापना भएको यो विद्यालयमा २०८० सम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुले उक्त सिसि क्यामारा जडान गरिदिएका हुन् । सुरक्षित समाजका लागि सिसि क्यामारा जडान अभियान नै सन्चालन गरेर २ लाख २९ हजार मुल्य बराबरको १४ वटा क्यामारा जडान गरेका हुन् । यस विद्यालयमा अध्ययन गरि अहिले बैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले उक्त रकम संकलन गरेका थिए । यसै विद्यालयमा रहेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा उक्त अभियान सन्चालन गरिएको थियो । आइतवार…