Sacho Khabar

Day: २०८१ फाल्गुन १२, सोमबार

व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

  झापा, फागुन १२ । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती  मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ । वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध…
Read More
भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर फागुन १२। डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो ।…
Read More
फिट स्टुडियो र मेची तेक्वान्दोको आयोजनामा अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता  हुने

फिट स्टुडियो र मेची तेक्वान्दोको आयोजनामा अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता  हुने

  बिर्तामोड फागुन १२ ।। झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता  हुने भएको छ । झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा फिट स्टुडियोका सञ्चालक एवम् अन्तराष्ट्रिय कोच दिपेन धिमालका अनुसार प्रतियोगितामा सात वटै प्रदेशबाट एक हजार खेलाडी, एक सय अफिसियल निर्णायकहरु गरी दुई हजार जनाभन्दा बढीको सहभागिता रहनेछ । तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । धिमालले पत्रकार सम्मेलनमा खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
Read More
प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा

प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा

  बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो । संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ । पहिलो ६ महिनाका लागि…
Read More