Sacho Khabar

Day: २०८१ फाल्गुन १६, शुक्रबार

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

  भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष…
Read More
झापा सहित देशभर ठुलो भूकम्पको धक्का

झापा सहित देशभर ठुलो भूकम्पको धक्का

शुक्रबार बिहान झापा सहित देशभर ठुलो भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान २ः५२ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।रातको समय भएकाले क्षतिको विवरण भने आइसकेको छैन।
Read More