काठमाण्डाै। आज सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ काराेबार दिनपछि आज घटेकाे हाे । तर कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भयो । समाज लघुवित्त कम्पनीको शेयर १०…

झापा, खोटाङमा भाउजूको हत्यापछि एक युवकलेआत्महत्या गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीक विष्टले बताए। डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ। बराहपोखरीको डाँडाखर्कका २३ वर्षीया सरिता विष्ट र २० वर्षका शिखर बस्नेत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका थिए। सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत…

काठमाडौं । मेटाको एप्स मेसेन्जरले फ्ल्याट ब्लु लोगो फेरी प्रयोगमा ल्याइएको छ । पछिल्लो अपडेटसँगै एप आफ्नो पुरानो स्वरूपमा फर्किएको हो । सन् २०२० को अन्त्यतिर मेसेन्जरले ठूलो डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र नीलो रंगको ग्रेडियन्ट प्रयोग गरेकोमा मेटाले आफ्ना विभिन्न प्लेटफर्महरूलाई दृष्टिगत रूपमा एकरूप बनाउने प्रयास अन्तर्गत गरेको थियो । मेसेन्जरमा देखिएको नयाँ परिवर्तन स्थायी हो वा ठूलो डिजाइन परिवर्तनको एउटा भाग मात्र हो भन्ने खुल्न बाँकी छ । जे हाेस्, पुराना मेसेन्जर प्रयोगकर्ताले क्लासिक ब्लु डिजाइनको पुरानो स्मृति पुनः अनुभव गर्न पाएका छन् । पछिल्लाे लाेगाे २०२० अघिकाे डिजाइनभन्दा गाढा नीलाे रङसहित आएको छ ।

काठमाडौं। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ। युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका…