Sacho Khabar

Day: २०८१ फाल्गुन २३, शुक्रबार

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

  इलाम  ।। दोस्रो अन्तरास्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ अन्तर्गत उपाधी रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफ शनिबार इलामको ठूलो टँडिखेलमा आमनेसामने हुदैँछन । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोलि भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने एपीएफले पहिलो खेलमा पाहुना टोलि भारतको मध्य प्रदेशको चर्चित मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोलअन्तर र सेमिफाइनलमा विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो । महिला फुटबलमा विभागीय टोलि एपीएफ पावर हाउसको रुपमा चिनिन्छ । प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ…
Read More
चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको आउँदो चैत १९ गते देखि रातको समयमा पनि खुल्ला हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो । विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्। त्यसो त धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु…
Read More
टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ। बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।…
Read More