Sacho Khabar

Day: २०८१ फाल्गुन ३०, शुक्रबार

अर्जुनधारा जेसीजको होली मिलन कार्यक्रम

अर्जुनधारा जेसीजको होली मिलन कार्यक्रम

अर्जुनधारा ।। रंगहरूको पर्व होलीको अवसर पारेर अर्जुनधारा जेसीजले होली मिलन कार्यक्रमको आयोजना गरेको छ। जेसीजको सचिवालयमा अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित कार्यक्रम वर्ष २०१८का अध्यक्ष अजय देवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि देवले उद्घाटन गरेको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४का राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले शुभकामना दिएका थिए। सहभागीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरेको कार्यक्रममा संयोजक रमेश विष्टको स्वागत र महासचिव बिमला भट्टराईले जेसीज आस्था वाचन संगै कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
Read More
झापा सहित तराईका जिल्लाहरूमा आज होली मनाईदै

झापा सहित तराईका जिल्लाहरूमा आज होली मनाईदै

झापा। । झापा, मोरङ लगायत तराईका जिल्लाहरूमा आज होली पर्व धुमधामका साथ मनाईदै छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर आज होली मनाउने गरिएको हो। सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको मान्यता रहेको छ।  यो पर्व वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा…
Read More