जेसीजको सचिवालयमा अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित कार्यक्रम वर्ष २०१८का अध्यक्ष अजय देवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि देवले उद्घाटन गरेको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४का राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले शुभकामना दिएका थिए।
सहभागीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरेको कार्यक्रममा संयोजक रमेश विष्टको स्वागत र महासचिव बिमला भट्टराईले जेसीज आस्था वाचन संगै कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।