अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो। कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवासघ नेपाल अर्जुनधाराका अध्यक्ष…

झापा चैत्र ०५ ।। मोरङको धनपालथाल गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ। आगलागीमा परी १२ घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो। त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो। दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…

झापा चैत्र ।। काठमाडौँबाट आज बिहान प्रहरीले २५ करोड रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ यसअघि उनी सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए फल्स बटम बनाएर रकम लुकाइएको ट्रकसहित प्रहरीले सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको हो । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो…

झापा चैत ५ ।। भोजपुरमा सामान्य विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ । त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक…