झापा चैत ५ ।। भोजपुरमा सामान्य विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ ।
फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ ।
त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक चौधरीले घरायसी विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका हुन् । घाइतेलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ । उनको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । उनको अबस्था गम्भीर रहेको बताइएको छ । चक्कु प्रहार गर्ने अशोकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।