Sacho Khabar

दोस्रो सेमिफाइनल खेलमा आज आयोजक र सनिश्चरे फुटबल क्लब भिड्दै

Advertisement

 

इट्टाभट्टा कार्तिक ७।। झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् ।

आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको आयोजक इँटाभट्टा फुटबल  क्लबका उपाध्यक्ष रमेश धिमाल बताउँछन् ।

ह्याप्पी क्लब काँकरभिट्टा झापा एफसीलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले नगद २ हजार १ सयसहित ट्रफी प्राप्त गर्दा विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...