Sacho Khabar

Day: २०८१ कार्तिक ७, बुधबार

केर्खामा बसको ठक्करबाट दुईजनाको मृत्यु, घटनास्थल तनावग्रस्त

केर्खामा बसको ठक्करबाट दुईजनाको मृत्यु, घटनास्थल तनावग्रस्त

  केर्खा कार्तिक ७।।  झापाको केर्खामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ। दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्। काकरभिटाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको नाम र थर भने खुलेको छैन। नातिनीको बर्थडे र बर्थडेको केक लिएर नातिनी हजुरबुवा घर फर्किँदै गर्दा उनीहरू सवार इलेक्ट्रिक साइकललाई बसले ठक्कर दिएको थियो। ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस…
Read More
दोस्रो सेमिफाइनल खेलमा आज आयोजक र सनिश्चरे फुटबल क्लब भिड्दै

दोस्रो सेमिफाइनल खेलमा आज आयोजक र सनिश्चरे फुटबल क्लब भिड्दै

  इट्टाभट्टा कार्तिक ७।। झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको…
Read More
झापाको दमकमा जग्गासम्बन्धी विवादमा झडप हुँदा एकजनाको मृत्यु

झापाको दमकमा जग्गासम्बन्धी विवादमा झडप हुँदा एकजनाको मृत्यु

  झापा कार्तिक ७ ।। झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमकका प्रहरीका निरीक्षक रामभक्त आचार्यले बताए । हिजो दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडा अध्यक्ष नवीन बरालले बताए ।
Read More