Sacho Khabar

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Advertisement

 

बिर्तामोड मंसिर ०२ । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–२ रामचौकमा चारपानेबाट मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई शनिबार साँझ ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्ता सिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी कार्यालय झापाले जनाएको छ।

स्कुटरको पछाडि सवार सोही ठाउँका २८ वर्षीया सरिता राउत सामान्य घाइते भएकी छन् । दुर्घटनापछि स्कुटर, ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका- ९ का ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...