Sacho Khabar

Day: २०८१ मंसिर २, आईतवार

शिवसताक्षी नगरपालिका  खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश

शिवसताक्षी नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश

  अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो । शिवसताक्षीको जितमा मिलन राई नायक बने । उनले टिमकालागि २ गोल गरे । राईले खेलको २६ औं मिनेटमा डि–एरियामा बिर्तामोडका गोलरक्षक अविशेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोष्ट भित्रबाट जाली चुमाउदै टिमलाई पहिलो अग्रता दिलाए । उनले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । २–० गोल अन्तरलेपछि परेको बिर्तामोडका लागि ६३ औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१…
Read More
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

झापा ।। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उहाँको निधन भएको उहाँका भान्जा सुरज भट्टराईलाई जानकारी दिनुभयो ।   अस्पतालमा उहाँको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगाना वरिष्ठ अधिवक्ता समेत हुनुहुन्थ्याे । उहाँले तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेल्नुभएकाे थियाे । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान समेत बनाउनुभएकाे छ । २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बन्नुभएका उहाँ पत्रकारिता र शिक्षण पेशामा पनि लाग्नु भएको थियो…
Read More
यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु २९ यात्रु घाइते।

यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु २९ यात्रु घाइते।

  तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा  एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो । यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
Read More
दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  झापा ।। जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकीले धपाउन खोज्दा हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको प्रहरीले जनाएको छ।
Read More
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  बिर्तामोड मंसिर ०२ । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–२ रामचौकमा चारपानेबाट मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई शनिबार साँझ ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्ता सिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटरको पछाडि…
Read More
छिमेकीको रड प्रहारबाट एकजनाको मृत्यु

छिमेकीको रड प्रहारबाट एकजनाको मृत्यु

  बिर्तामोड मंसिर ०२।। झापाको   बाह्रदशी ५ फुलबारीमा शनिवार साँझ पुरानो रिसिवीका कारण विवादमा  रड प्रहार  हुँदा एकको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने २६ वर्षीय मान कुमार राजवंशीले पुरानो रिसिवीका कारण सोही वडाका ४५ वर्षीय गंगा लाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते माझीको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसीमा अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । रड प्रहार गर्ने मान कुमार राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको झापा प्रहरीले जनाएको छ ।
Read More