Sacho Khabar

झापा को धरमपुरमा बस दुर्घटना ११यात्रु घाइते

Advertisement

 

झापा माघ ०२ ।। पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।

मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो।

घटनामा घाइते भएकामध्ये केहीलाई टाउको, ढाड र हातमा चोट लागेको छ भने सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बसका चालक झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा मोरङको बिराटनगर– ३ बस्ने गुणा कोईराला, दिपा निरौला, म्यारी निरौला(सामान्य, निर्मला निरौला, शर्मिला कोईराला घाइते भएका छन् ।

यसैगरी शिवसताक्षी–८ झिलझिले बस्ने टंक शिवाकोटी, आन्सा फ्यादेन, सुमना लिम्बु , बिर्तामोड–६ बस्ने पुस्पलाल अधिकारी, चन्द्रकाला अधिकारी  र कमल–६ बस्ने शान्तिराम खतिवडा घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...