Sacho Khabar

Day: २०८१ माघ २, बुधबार

बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

  बिर्तामोड, २ माघ : बिर्तामोड नगरअस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात…
Read More
झापा गोल्डकपको नयाँ कार्यसमिति चयन, सबै पदमा सर्बसम्मत

झापा गोल्डकपको नयाँ कार्यसमिति चयन, सबै पदमा सर्बसम्मत

  बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा बिर्तामोडका  केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन भएका हुन् । कार्यसमिति सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा सर्बसम्मत नतिजा आएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) यसअघि नै निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व…
Read More