Sacho Khabar

इजरायली क्याबिनेटद्वारा गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित

Advertisement

 

तेल अभिभ – इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्।

यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ।

सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ।

युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो।

बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार माध्यममा आफ्नो कुरा राखे। उनले युद्ध बिरामलाई पूर्ण रूपमा लागु गर्न आफू कटिबद्ध रहेको बताएका छन्।

एक श्रोतका अनुसार पहिलो चरणमा छाड्ने भनिएका ३३ जना बन्दीमध्ये इजरायलीका साथमा विदेशी बन्दी हुनेछन्। उनीहरूको सबै विवरण बाहिर आइसकेको छैन। गाजामा बन्दी बनाइएका ८४ जना दुई देशका नागरिकता भएका छन्। यसैगरी थाइल्यान्डका ८, नेपालका १ र तान्जानियाका १ बन्दी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...