बिर्तामाेड । काेशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएकाे छ । उहाँकाे देब्रे आँखाकाे माथिल्लाे भागमा चाेट लागेकाे छ । हाल बिर्ता सीटी हस्पिटल बिर्तामाेडमा उपचार भइरहेकाे छ । नेपाली काङ्ग्रेस काेशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाकाे कनकाईस्थित जामुनबारी चाेकमा आज साँझ आक्रमण भएकाे हाे । आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएकाे छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएकाे बताइएकाे छ । थापाले आफ्नाे ज्यानकाे कुनै प्रवाह नभए पनि नागिरककाे ज्यानकाे सुरक्षामा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराएका छन् । याे घटनाले जिल्लाकाे शान्ति सुरक्षा…

तेल अभिभ – इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्। यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ। सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ। युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो। बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार…