बिर्तामाेड । काेशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएकाे छ ।
उहाँकाे देब्रे आँखाकाे माथिल्लाे भागमा चाेट लागेकाे छ ।
हाल बिर्ता सीटी हस्पिटल बिर्तामाेडमा उपचार भइरहेकाे छ ।
नेपाली काङ्ग्रेस काेशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाकाे कनकाईस्थित जामुनबारी चाेकमा आज साँझ आक्रमण भएकाे हाे । आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएकाे छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएकाे बताइएकाे छ । थापाले आफ्नाे ज्यानकाे कुनै प्रवाह नभए पनि नागिरककाे ज्यानकाे सुरक्षामा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराएका छन् । याे घटनाले जिल्लाकाे शान्ति सुरक्षा कस्ताे रहेछ भनेर छर्लङ्ग बनाएकाे थाापाले बताए ।
थापा नेपाल प्रेस युनियन झापाकाे कार्यक्रमबाट फर्कदै थिए ।