Sacho Khabar

भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु

Advertisement

 

भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा कयौं घाइते भएका छन् ।उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा  भागदौडमा अझै कयौँ व्यक्ति हताहत भएको आशंका गरिएको छ ।

मौनी अमावस्यामा अमृत स्नान गर्न संगम किनारामा मंगलबार रातिदेखि भक्तजनको भीड लागेको थियो । सोही भीडका कारण भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन। भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...